वीर अस्पताल निर्देशकका लागि तीन जनाको नाम सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वीर अस्पताल निर्देशकका लागि तीन जनाको नाम सिफारिस

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    काठमाडौं । वीर अस्पतालको निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको हो ।

    न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तीन जनाको नाम सिफारिस गरेका हुन् ।

    स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार डा. दिलीप शर्मालाई निर्देशकको जिम्मेवारी दिइने लगभग टुंगो लागिसकेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।

    प्रधानमन्त्री ओलीले डा. शर्मालाई नियुक्त गर्न निर्देशन दिएको मन्त्रालय उच्च स्रोतले बतायो ।

    ‘तीन जनाको नाम सिफारिस भएको छ । तर माथिबाट नै निर्देशन आएकाले डा. शर्माले नै जिम्मेवारी पाउने देखिन्छ,’ स्रोतले भन्यो, ‘भोलि वा पर्सि नियुक्ति गर्ने तयारी छ ।’ अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको ४ फागुनमा कार्यकाल सकिएसँगै निमित्त निर्देशकको रूपमा डा. समाज गौतमलाई जिम्मेवारी दिइएको छ ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उपकुलपति, रेक्टर र रजिस्ट्रारमा माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएकोले निर्देशक एमालेबाट हुनुपर्ने एमाले निकट चिकित्सकले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । (अनलाइन खबरबाट)