महिला नेतृ आचार्यको निधनको ४५ औं दिनमा शोकसभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    महिला नेतृ आचार्यको निधनको ४५ औं दिनमा शोकसभा

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८१, सोमबार

    दमाैली । नेपाल महिला संघ तनहुँकी पूर्व सभापति शशी आचार्यको निधन भएको ४५ औं दिनमा सोमबार शोकसभा गरिएको छ ।

    नेपाली कांग्रेस व्यास नगर वडा नम्बर ३ समितिले महिला नेतृ आचार्यको निधनमा शोकसभा गरेको छ । वडा सभापति एवं वडाध्यक्ष अनुप रानाको अध्यक्षतामा आयोजित शोकसभामा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, महिला संघका सभापति पवित्रा पौडेल, महिला नेतृ सरिता गुरुङ, माया राना लगायतले स्वर्गीय आचार्यको योगदानको चर्चा गरेका थिए ।