सिद्धार्थ बुटिक होटल बौद्धमा ग्रान्ड होली फिएस्टा २०२५, अनिल सिंहको धमाकेदार प्रस्तुति रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिद्धार्थ बुटिक होटल बौद्धमा ग्रान्ड होली फिएस्टा २०२५, अनिल सिंहको धमाकेदार प्रस्तुति रहने

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८१, बुधबार

    काठमाडौँ । सिद्धार्थ बुटिक होटल र अर्बन क्रु इन्टरटेनमेन्टको आयोजनामा ग्रान्ड होली फिएस्टा, २०२५  आयोजना हुने भएको छ

    यही फागुन २९ गते बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बौद्धस्थित सिद्धार्थ बुटिक होटल परिसरमा ग्रान्ड होली फिएस्टा आयोजना हुने होटलका प्रबन्धक रविन अर्यालले बताए ।

    अनिल सिंह र उनको ब्याण्डको  पुनरागमन प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने अर्बन क्रु इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक रिवाज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा १२०० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ।

    कार्यक्रममा हुक्का बोस, ज्योवन भोजु र प्रसन्न अधिकारीको रोमाञ्चक प्रस्तुति रहनेछ भने डिजे प्रेमको डिजे सेसन समेत रहनेछ ।

     लाइभ संगीतका साथ लाइभ फूड स्टल र लाइभ बार काउन्टर तथा स्विमिङ पुलमा निःशुल्क पहुँच उपलब्ध हुनेछ । होली फिएस्टाको टिकट प्रि-बुकिङ इसेवा वालेटमा उपलब्ध छ कार्यक्रमको दिन प्रवेशद्वारमा समेत उपलब्ध हुनेछ ।