ऑबुखैरेनीमा स्त्री तथा प्रसुती सम्बन्धी विशेषज्ञ सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा स्त्री तथा प्रसुती सम्बन्धी विशेषज्ञ सेवा

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८१, मंगलवार

    दमौली, ५ चैत । ऑबुखैरेनी अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको छ । आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य उपचार सेवाको लागि सम्झौता भए अनुसार पहिलो पटक उक्त सेवा सञ्चालन गरिएको हो ।

    त्यसक्रममा ९९ जनालाई स्त्री तथा प्रसूति रोग सम्बन्धि स्वास्थ्य जाँच र १७ जनालाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँच सेवा प्रदान गरिएको ऑबुखैरेनी अस्पतालले जनाएको छ ।