दमाैली, ६ चैत । राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्याैपानेले तनहुँ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका लागि सरकारकाे ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय सभाकाे बुधबार बसेकाे बैठकमा न्याैपानेले तनहुँका केही ठाउँहरु जाे विश्वभर र केही नेपालभर प्रचलित रहेकाले त्यस्ता ठाउँकाे प्रबर्धनमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
भानु जन्मस्थल, चुँदी रम्घा, थानीमाई, मिर्लुङकाेट, तनहुँसुर , बन्दिपुर, व्यास, छाब्दीवाराही, देवघाटमा बन्दै गरेको मातातीर्थ सेवा आश्रम, छिम्केश्वरी, आँधीमूल जस्ता ठाउँमा राज्यले आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताइन् ।