दमौली, ६ चैत। यहि चैत ८ ,९ र १० गते भारतको बृन्दावनमा नेपाल भारत साहित्य महोत्सव हुने भएको छ ।
तीन दिवसीय साहित्य महोत्सवमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँबाट भन्दा २५ जनाभन्दा बढीले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानको टोली बुधबार भारत प्रस्थान गरेको छ । कवि,साहित्यकार साथै सहित्यिक शुभेच्छुकको टोली भारत प्रस्थान गरेको हो ।
महोत्सवमा नेपालबाट झन्डै पॉच दर्जन साहित्यकार साहित्यिक शुभेच्छुकको सहभागीता रहने नेपालका कार्यक्रम संयोजक एवं कार्यक्रम संयोजक डा.देवि पन्थीले जानकारी दिएका छन् ।
महोत्सवमा गजल, चारु, गीतल, पञ्चाङ्ग, बाछिटा, टुक्का, खोरिया , झिल्का , उदक सम्बन्धी कार्यपत्र प्रस्तुत, लघुकथा, नाटक मञ्चन, पुस्तक विमोचन, संवाद, अन्तर्वार्ता, गजल सन्ध्या, भारत नेपाल साहित्य पर्यटन चर्चा आदि रहने गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका आकाश अधिकारीले बताएका छन् ।