पूर्वीय धार्मिक दर्शनमा गुरुको महत्वलाई अत्यधिक प्रधानता दिइएको पाउँदछौं । इश्वर प्राप्तिको प्रमुख आरध्यव्यक्ति गुरुलाईमात्र मानिएको छ । निगुराहरुले परमेश्वरको प्राप्त गर्न असहज मानिन्छ । यसैले ब्रह्मा विष्णु महेश्वर लगायत तेत्तिस कोटी देवीदेवता प्राप्त गर्ने श्रोत भनेकै गुरु आराधनाबाट मात्र संभव मानिएको छ । साधारण अर्थमा गुरु भन्नाले विद्या तथा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक तथा अध्यापक, गायत्रीमन्त्र तथा दिक्षामन्त्र दिने व्यक्ति, कर्मकाण्डीय पण्डित , नाचगान गीत सङ्गीत सिकाउने व्यक्ति , बुद्धि , विद्यामा सर्वश्रेष्ठ तथा आदरणीय ब्यक्तिहरुलाई गुरु भनेर पुज्ने गरिन्छ । गुरु भनेका ति व्यक्ति हुन जस्ले अन्यौल र अज्ञानतामा रुमलिएको जगतलाई ज्ञानको ढोका देखाएर अँध्ंयारोबाट उज्यालो तर्फ लैजाने गर्दछन । जस्ले हामीलाई अज्ञानताको मार्ग बाट सद्ज्ञानको सत्मार्गमा लैजान्छन् तिनैलाई हामीले गुरु मान्ने गरेका छौं । यहाँ गु भनेको अन्धकार र रु भनेको अन्धकारलाई हटाएर ज्ञानमार्गका माध्यमबाट उज्यालोमा लैजाने महान ब्यक्तिलाई जनाउँछ । अर्को तर्फ हामीलाई हास्न, बोल्न , हिंडन र समाजमा जिउने तरिका सिकाउने हाम्रा बाबा आमाहरु नै हाम्रा प्रथम गुरुहरु हुन् भने हामीलाई औपचारिक शिक्षा दिने ब्यक्ति तथा शिक्षक र प्राध्यापकहरु हाम्रा दोश्रा गुरुहरु हुन् । प्रकृतिका उपहारमा रहेका सूर्य, नदी, नाला, वन, जङ्गल र हरेक जिवात्माहरुलाइ पनि हामीले हाम्रा गुरुहरु मान्दै आएका छौं । जस्ले हाम्रा मनभित्रका माया, मोह, अहंकारलाई नाश गरेर हाम्रो आत्मालाई परमात्मामा चिनाउँछन उनै साक्षात गुरु हुन् भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ । अनन्तः गुरुहरु मध्ये अहिले दमौलीमा चर्चित हुँदै गएका गुरुको नाम हो खेमराज अधिकारी ।
खेमराज अधिकारी चेम्वर अफ कमर्स तनहुँका अध्यक्ष , जेभि फाउण्डेसन नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा गण्डकी प्रदेश प्रभारीका रुपमा स्थापित व्यक्तित्व पनि हुनुहुन्छ । खेमराज नाम सुन्ने बित्तिकै दमौली वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं ध्यानाचार्य सद्गुरु द्वीतियव्यासलाई सम्झनु पर्छ । दमौलीमा गुरुका भूमिकामा देखिएका अनुहारहरुमा रुद्रमणी अधिकारी र व्यासका अध्येता काशीनाथ न्यौपानेको नाम आउँछ । योगि नरहरिनाथ र योगि नरनाथका अनुशरण गर्दै उहाँहरुले दमौलीमा धार्मिक प्रवचन, यज्ञ यज्ञादिका कर्महरु सुरुआत गर्नु भएको हो भने तत्पश्चात खेमराज अधिकारी पनि उक्त स्थानमा देखापर्न थालेका नवज्योति हुन ।
वि.सं. २०१६ सालमा लमजुङको जिताबाट तनहुँको गल्बु गाउँमा बसाइसरी आएका रुद्रनाथ अधिकारी वि.सं. २०१६ सालमा गल्बु गाउँबाट गल्बुको बेसी व्यास १ कमलडिहीमा बसाइ बसाउनु भएको हो । पण्डित रुद्रनाथ अधिकारीका दुर्गाभक्त , नारायणभक्त र सूर्यभक्त नाम गरेका तीन छोराहरु र कौशिला मरासिनी, चन्द्रकला वाग्ले र रुक्मिणी देवकोटा समेत तीनजना छोरीहरु भएका थिए । तिनै मध्ये खेमराज रुद्रनाथ अधिकारी र बालकुमारी अधिकारीका नाति एवं दुर्गाभक्त अधिकारी तथा पार्वती अधिकारीको पुत्ररत्न हुनुहुन्छ । वि.सं. २०२९ साल असार १६ गतेका दिन व्यास १ गल्बुबेसीको कमलीडिहीमा उहाँले जन्म लिनु भएको खेमराज अधिकारीका भाइहरुमा राम, लक्ष्मण छन् भने काकाहरुमा नारणभक्त अधिकारी—काकी राधिका अधिकारी, काका सूर्यभक्त अधिकारी—काकी भगवती अधिकारी, हुन् । खेमराजका आफ्नै उमेरका बालसङ्गी कान्छो काका सूर्यभक्त अधिकारी परिवारका सबै सदस्यहरुमा साह्रै नै मन मिल्ने काका हुन् । उहाँको परिवारमा श्रीमती प्रमिता पौडेल (अधिकारी), छोरा प्रतिक (श्रीराम ) अधिकारी र छोरी कृति अधिकारी रहेका छन् भने काकाका छोराहरुमा रमेश अधिकारी, अविनाश अधिकारी र अभिषेक अधिकारी रहेका छन् । भतिजीहरु आकृति अधिकारी, प्रकृति अधिकारी र सुकृति अधिकारीहरुले आफ्नो ठूलोबाबालाई वंशका आदर्शवा व्यक्तित्व मान्दै आएका छन् । वि.सं. २०५६ सालमा कुखुरापालन व्यवसायिक शिक्षा विषय लिएर एसएलसी उतिर्ण गरेका अधिकारी त्रिभुवन विश्व विद्यालय मानविकी संकायबाट स्नातक गर्न सफल हुनुभएको छ । सरकारी कामकाज भन्दा व्यवसायिक स्व—पेशालाई प्रधानता दिने अधिकारी व्यवसायिक ढङ्गले अगाडि बढ्न पाएकोमा आफुलाई गौरान्वित सम्झनु हुन्छ । व्यवसायिक हिसावले गरिएका कुनै पनि कार्यहरु पाप होइनन भन्ने सकरात्मक साेंचका धनी अधिकारीले दमौली बजारमा सर्वप्रथम कम्युटर शिक्षण पेशा अप्नाएका हुन् । तत्पश्चात तनहुँ, लमजुङ र गोरखाका जिल्लाहरुमा वाइफाइको पहुँच पु¥याउन वल्र्ड लिङकमा शेयर राखेर शेयरधनी सदस्यको हैसियतले सर्वसाधारण नागरिकहरुमा इन्टरनेटको सुविधा दिइ सेवाग्राहीहरुलाई विश्वजगतमा नजिक्याउने प्रयत्न गर्ने व्यक्त्त्विमा पर्दछन् । यसैगरी युवा जोशका धनी खेमराजले दमौलीमा रेयुकाइ र तनहुँमा सत्यहशाही केन्द्र र राधामाधव समितिको संस्थापक बनेर नयाँ नयाँ सामाजिक तथा धार्मिक अभियानहरु पनि चलाएकै हुन् । स्वामी हरिदाशलाई दमौली ल्याएर राधे राधे सत्सङ्गको सुत्रपात पनि गराएकै साक्षी छ । कालक्रमले ब्राह्मणको छोरा एवं ध्यानाचार्य गुरु भइसक्ता पनि खेमराजले कुखुरापालन व्यवसायलाई निरन्तरता दिनु उहाँमा रहेको महानतालाई स्मरण गर्नै पर्दछ । अहिले पनि उहाँ त्यही पेशामा आफुलाई समर्पित गर्दै आइरहनु भएको छ । जहाँ कम्प्युटर सिकाई शिक्षा र वाइफाइको सेवा सुविधा दिन तयार भए । त्यही बेला देखि ध्यान र साधनालाई पनि निरन्तरता दिंदै गए । दमौलीमा आउने गुरुहरुको सेवासत्कारमा कुनै कमीकमजोरी देखाउन चाहँदैनथे । यही बेला रात विरात ध्यान र साधनाको लागि नदीनाला जङ्गलमा गएर ध्यान मग्नहुने स्वभाव देख्दा कोही कसैले खेमराजजीको मनस्थितिमा देखिएको बदलावमा बढी ध्यान दिन परिवारमा टोलसमाजका सुभेच्छुकहरुको सल्लाह सुझाव प्रशस्तै नआएका पनि होइनन । दिन प्रतिदिन उहाँले गुरुहरुको सङ्गत , ध्यान र साधनामा मन बढाउँदै जानु भयो । दिन प्रतिदिन उहाँमा नयाँ परिवर्तनहरु देखिंदै गयो । शिवशक्तिको साथसाथै उहाँमा पितृ आह्वान गर्ने शक्ति बृद्धि हुँदै गयो । कुनै एकदिन सानी हजुरआमाको घरमा भएको विशेष कार्यक्रममा निमन्त्रणा स्वीकारी जाँदा सानीहजुरआमाको परिवारका कुनै एक जना सदस्यलाई कम्पन छुटने तर व्यथा नखुट्ने अवस्था रहँदा सानीहजुरआमाको छोरीसङ्ग पानी मगाइ मन्त्रोच्चारणका साथ विरामीलाइ लक्षित गरी पानी छर्कदा पितृले सबै कुरा खोलेको हँदा निश्चित थान बनाइ पूजाआजा गराए पछि अचानक विरामीलाई निको हुन जाँदा उहाँको क्रेज दिन दुइगुना रात चारगुना बढ्न गयो । युवा खेमराज युवामात्र नभएर अब भने व्यथा हेर्ने उपचारका गुरु भनेर चिनिए । साना ठूला सबै राजनेताहरु सदगुरु खेमराजबाट प्रभावित भएको कुरा नीजका काका सूर्यभक्त अधिकारी र उद्घोष पत्रिका तनहुँका सम्पादक तथा पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष उज्ज्वल पौडेलले हामीलाई बताए ।
आजभन्दा ५०० वर्ष पछाडि फर्केर हेर्दा यस ऋषि मन भएका मानवहरु संसारमा भेटिन गाह्रो भयो तव ब्राह्मण पुत्रहरुलाई ऋषि मन बनाउन उत्प्रेरित गरियो । पराशरलाई ऋषिमन बनाउन सबै ऋषिहरुले सुझाव दिए । अन्ततः आवेगमा बाबाको हत्याराहरुलाई नाश गर्न गरिएको यज्ञादि कर्मले पराशरलाई चिन्तित बनायो । ऋषि मन बनाए । आवेगको अन्जानमा गरिएका पाप प्रयश्चितका लागि पराशर गण्डकी प्रश्रवण क्षेत्रको तीर्थाटन गर्ने दृड अठोट गरे । यात्राको क्रममा लमजुङको तल्लो दूधपोखरीबाट च्यवन ऋषिलाई भेटि फर्किएका पराशर ऋषि दमौलीको बेनी आइपुग्दा मन बदलियो । एक महान युग परिवर्तनको लागि त्यहीबेला र ऋषि पराशले मत्स्यागन्धा सङ्ग सहवासका लागि याचना गरे । महर्षि वेदव्यासको जन्म भयो । महर्षि वेदव्यास ज्ञानको असिम र अनन्त सागर बने । ऋषि पराशरको अस्त पश्चात उहाँकै पुत्ररत्न महर्षि वेदव्यासले सम्पूर्ण मानव जातिहरुको पहिचान र उन्नतिको लागि अज्ञानरुपि अन्धकारबाट सदज्ञानकोे मार्ग तर्फ लाग्न सदैव उत्प्रेरित गरी रहनु भएको छ । लुप्त हुन लागेको वैदिक ज्ञान सागरलाई श्रुती, स्मरण, तपोवलका शक्ति र भगवान श्रीकृष्णको कृपाले चारवेद , अठार पुराण , अठार उपपुराण, अठारऔपपुराण र अनेकौ ग्रन्थहरुको लिपिकरण र महाभारत जस्तो महान र विशाल ग्रन्थको रचना गर्नु भएको थियो । उनै महर्षि वेदव्यासको अवतारका रुपमा आफुलाई द्वीतिय व्यास प्रकाशका रुपमा प्रस्तुत गर्दै आउनु भएको छ सद्गुरु खेमराज अधिकारी ।
गहन अध्ययन अनुसन्धानका बाबजुद दमौली महर्षि वेदव्यासको जन्मभूमि हो भन्ने वाक्याँशले महत्व पाउँदै गएर अहिले व्यास नगरपालिका नामले यस स्थानले सुशोभित हुने सुअवसर प्राप्त गरेको छ । यही भूमिमा बसेर कठोरयत्न र प्रयत्नका फलस्वरुप हिंजोका चसक्क नामले चिनिने व्यक्ति आज परम वन्दनीय गुरु खेमराज बन्न पुग्नु भएको छ । उहाँले तन्त्रवादलाई मुलाधार बनाउनु भएको छ । उहाँ रात मध्यरात नदी नाला एकान्त स्थानहरुमा ध्यान मग्न हुनुहुन्छ । तन्को शाब्दिक अर्थ फैलाउनु हो । तन धातुमा “ष्ट्रन” प्रत्यय लागेर तथा कुटुम्बको भरणपोषण गर्ने अर्थमा प्रयोग हुने “तत्रि” धातुमा “धञ” प्रत्यय लागेर तन्त्र शब्द बन्दछ । पूर्विय दर्शनहरु मध्ये खास गरेर तन्त्र शब्द ऋगवेद, अथर्ववेद, यर्जुवेद, तैतरिय ब्राह्मणहरुमा अधिक प्रयोग भएको पाइन्छ । आपस्तम्बश्रोतसुत्रले तन्त्र शब्दलाई धेरै खण्ड भएको विधिको अर्थमा प्रयोग गरेको पाउँदछौं । शाङ्खायनसुत्रले तन्त्रलाई त्यस्तो कर्मको अर्थमा लिएको छ जुन एक पटक गरे पछि त्यसले अन्य विभिन्न कर्महरुको उपयोगितालाई सिद्ध गराउँदै लग्दछ ( श्रोत —तन्त्रको उद्भव स्वरुप एवं प्रकाश—माधवप्रसाद लामिछाने )। तन्त्रको उत्पति सम्वन्धमा दैवीउत्पतिको सिद्यान्त र ऐतिहासिक विकासवादी सिद्धान्त प्रचलनमा रहेका पाउँदछौं । बेद झैं तन्त्रशक्तिलाई पनि सनातन र अनादि मानिंदै आएको छ । आदि सनातन परम्परामा शैवतन्त्र सबै भन्दा प्राचीन मानिन्छ । अहिले शाक्त (देवी),वैष्णव, गाणपत्य र सौरतन्त्रका परम्पराहरु पनि प्रचलित छन् । वेदका देवता ब्रह्मालाई मानिएझै तन्त्रका आरध्यदेवतामा शिवजी र पार्वतीलाई लिने गरेको पाउँदछौं ।
गुरुशिष्यपदे स्थित्वा स्वयं देव सदाशिव ः
प्रश्नोत्तरपर्दैवाक्यैस्तन्त्रं समवतारयत् (श्रोत स्वच्छन्दतन्त्र ८।३१)
जसरी भगवानसदाशिव स्वयं गुरु र शिष्यको रुपमा रही प्रश्न र उत्तरको शैलीमा तन्त्रको अवतरित गरे त्यसैगरी गुरु खेमराज पनि परमगुरुदेव सदाशिवको कृपाले आफ्ना शिष्यहरुका व्यथालाई हृदयंगम गरेर उपचरात्मक शैली अँगाल्दा कथा सुनाउने होइन ब्यथा सुन्ने अद्वीतिय गुरुको रुपमा ख्याति कमाउँदै गएको ( श्रोत—उद्धघोष न्यूज —२७ फागुन २०८१ ) पाउँदछौं । व्यथा लिएर जाने कुनै पनि धर्मालम्वीहरु बीच यो धर्म र त्यो धर्मको व्यक्ति सम्झेर विभेद नगरी उनीहरुको समस्या बुझी उपचार गरिदिने बानी गुरुको राम्रो पक्ष मानिन्छ । व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष र व्यास नगरपालिकाले तनहुँ दमौलीमा बनाउन लागेको १०८ फिट अग्लो जागृत फलकको मूर्ति भन्दा अलि फरक ढङ्गले नवव्यासाचार्य गुरु खेमराज महर्षि वेदव्यासका १३३ वटा मूर्तिहरु र लगभग त्यतिकै हाराहारीमा महादेवका गलाका हारका रुपमा नागका मूर्तिहरु स्थापना गर्ने अभियानमा जुटेकाछन् । व्यास जन्मभूम भूमि दमौलीमा व्यासको जीवन कथामा आधारित व्यास डोमी घर, मादीनदी स्थित प्राकृतिक भङगभङ्गे अर्थात सत्यवती झुला रहेको स्थानमा बाँध बांधेर माहेन्द्री तालको निर्माण र मादी र सांगे खोलाको संङ्गममा ५४ फिट अग्लो मत्स्यागन्धाको मूर्ति , व्यासझूला मुनिको मादी नदीमा अवस्थित शीला माथि दाशराज माझीको मूर्ति, पाथ्राघाटको मत्स्यशिलाको उजागर , क्यामिनको बसाहको शिला, यमुनारुपि मादी नदीका शिलाहरुमा मत्स्यदेवी मूर्ति निर्माण , व्यास जन्मभूमिमा सुन्दर वगैंचा र पार्कहरुको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न सकेमा विश्वमाझ दमौलीमा धार्मिक पर्यटन मौलाउने निश्चित प्राय छ । गुरु खेमराजले आफ्नो बलबुताले वैदिक सनातन धर्मका प्रणेता महर्षि वेदव्यासको जन्मस्थलको रुपमा विकास गरी वैदिक सनातन धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्धन गर्नमा दिलचस्पि बढाइ रहेको पाएका छौं । उहाँका दमौली र काठमाण्डौ दुवै स्थानमा गुरु ध्यान केन्द्र रहेका छन् । उहाँका सद्कर्मका कारण उहाँका फलोवरहरु प्रशस्त छन् । मूर्ति निर्माणका साथै पर्यटन प्रवर्धन गर्नमा टेवा दिन लागेका सद्गुरुदेवले सेतीमादी सङ्गमको बेनीदमौलीमा ३३ फिट अग्लो मूर्ति र व्यास क्षेत्रका विभिन्न स्थलहरुमा महर्षि वेदव्यासका वरदफलकका मूर्तिहरु निर्माण गर्ने संकल्प गर्नु भएको छ । निकट भविष्यमा निर्माण हुने व्यासका १३३ मूर्ति र नागमालाहरुले दमौली विश्वकै वैदिक सनातन धर्मका प्रणेता तथा प्रवर्तक महर्षि वेदव्यास जन्मस्थलको उजागर गर्ने छ भन्नेकुरामा हामी पूर्ण विश्वस्त रहेका छौं । तस्मादागमकर्ताऽहं वेदकर्ता पितामह ( श्रोत तन्त्रचिन्तामणि १।१५ ख) तान्त्रिक वाङमयमा वोधात्मक र वागात्मक दुवै भेद पाइन्छन् । यसैगरी तन्त्र परम्परामा अभिचारात्मक तन्त्र , उपचरात्मक तन्त्र , धार्मिक तथा सांस्कृतिक तन्त्र , जातिय संस्कारगत तन्त्र जीवन्त रहन्छन् । हजारौं खोलानाला तथा कालीगण्डकी , त्रिशुली, बूढीगण्डकी, दरौंदी, मस्र्याङ्दी, सेती, मादी, चेपे र मिदिमनदीको मूलप्रवाह जसरी नारायणी हो त्यसैगरी अभिचारात्मक, उपचरात्मक, धार्मिक तथा सांस्कृतिक, जातिय संस्कारगत लगायत सबै तन्त्रका उपयोग गरेर शिष्यहरुको सेवा तल्लिन हुने नेपालका प्रशिद्ध तन्त्रविद् एवं साधकहरुमा नवमीसिंह मण्डल, रङ्गनाथ पौडेल, प्रेमनिधि पन्त , धनशमशेर ज.ब.रा. कृष्ण प्रसाद भट्टराई, शुन्दर प्रसाद शाह वद्रीरत्न वाचार्य , ,विद्यानाथ उपाध्याय , गिरीधारी भट्टहरुका हाराहारीमा आएका सद्गुरु द्वीतियव्यास खेमराज अधिकारी पनि धार्मिक एवं मार्मिक गुरुका मुलप्रवाह हुन् भन्दा अत्युक्ति नहोला । ध्यान र साधनाको माध्यमबाट भक्तजनहरुको समाधान खोज्ने सच्चिदानन्द महादेव द्वारा शिवपुत्रका रुपमा अवतरित हुन पुगेका ध्यानाचार्य सद्गुरुदेव मध्यकलिका द्घीतिय व्यास खेमराज हरदम समाधानका पथमा अग्रसर भइरहेको पाउँदछौं ।
अन्त्यमा वैदिक सनातन हिन्दु धर्मका प्रणेता महर्षि वेदव्यासको जन्मस्थल र पराशर ऋषिको कर्म थलो हो दमौली । विश्वमा सवा एक अरव भन्दा बढी सनातन हिन्दु धर्मालम्वीहरुको मूलथलो हो दमौली । तन्त्रले जीवन र जगतलाई यथार्थ मान्छ । जीवनमा आइपर्ने हरेक कष्ट र समस्याका निवाकरण गर्न सकिन्छ भन्ने पूर्णविश्वास तन्त्र—विद्यामा भेटिन्छ । वैदिक सनातन हिन्दु धर्मालम्वीहरु गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर लगायत तेत्तिसकोटी देवी देवताहरुलाई प्राप्त गर्ने एक मात्र माध्यम सम्झन्छन् । हृदय भित्रका आदरणीय व्यक्तित्व गुरुको दर्शन गर्न विश्वका सवाअरव भन्दा बढी सनातन हिन्दु धर्मालम्वीहरुको पावन भूमि दमौली आउनेहरुको संख्या प्रति वर्ष लाखौं लाख मात्र नभएर करोडौं करोड पुग्ने वातावरण बन्न सकोस । यस मध्यकालीन कलिका द्घीतिय व्यास प्रकाशका रुपमा अवतरित सद्गुरु खेमराज अधिकारीको कार्यमा हामी सबैको सदभाव र सहयोग अविरल रुपमा रहीरहन सकोस । हाम्रो पनि यही शुभेच्छा छ ।