प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८१, सोमबार

    काठमाडाै, ११ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।

    निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

    निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे ।

    त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।