अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८१, बुधबार

    काठमाडौं, १३ चैत । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।

    बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो।

    सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन्।

    शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ। बोलिभियाले चार खेल खेल्न बाँकी छ।