दमौली, १३ चैत । भानु नगरपालिका-१ साजबोटेमा बुधबारबाट खाद्यान्न मिल संचालनमा आएको छ । स्थानीमाई खाद्यान्न मील, तथा तनहुँ कृषि स्टारको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।
उनले कृषि पेशालाई मर्यादित पेशा बनाउनका लागि वास्तविक किसानलाई उत्पादनमा आधारित अनुदान र सम्मान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा भानु नगरपालिका-१ का वडा अध्यक्ष कान्छीमाया तामाङ, बन्दीपुर गाउँपालिका- १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु घनश्याम श्रेष्ठ देवान, मानकाजी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।
सञ्चालक भानुभक्त पोख्रेलले ८ जनाको साझेदारीमा २५ लाखको लागतमा अत्याधुनिक प्रविधियुक्त मील भएकाले सेवाग्राहीलाई सहज हुने भन्दै आगामी चैत्र १५ गते शुक्रबारसम्म निशुल्क सेवा लिन सकिने उल्लेख गरे ।