पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    काठमाडौं, १४ चैत । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् ।

    उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । ७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् ।

    पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।