जबरजस्ती करणी गरेको अभियोगमा आले पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जबरजस्ती करणी गरेको अभियोगमा आले पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    लमजुङ, १४ चैत । लमजुङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।