थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    काठमाडाै, १४ चैत । भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो।

    इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो।

    भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत्  दिने सहमति जनाएको हो। टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विजुली आयात गर्न सकिने बताइएको छ।