काठमाडौं, २० चैत ।चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरेश रजकको तीनकुनेमा एक घरमा राजावादी प्रदर्शनकारीले लगाएको आगोमा परेर मृत्यु भएको थियो ।
त्यस्तै कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको हो । महर्जनको हिजै अन्त्येष्टी गरिएको छ ।