काठमाडौ, २१ चैत । काठमाडौ वायु प्रदूषण दिनहुँ बढ्दै गएको छ । बिहीबार बिहान ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाण्डु उपत्यकाकाको वायु प्रदूषणले खतरनाक तह पार गरेको छ ।
वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्यांकअनुसार बिहीबार बिहान काठमाडौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।
एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
बिहीबार काठमाडौ विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद छ । त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको दिल्लीको वायुको एक्यूआई १९८ छ ।
पछिल्लो केही दिनदेखि काठमाडौ ा प्रदूषण बढ्दा अस्पतालहरूमा बिरामीको चाप बढेको छ । वायु प्रदूषणका कारण बालबालिका, गर्भवती, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा परेका छन् ।
चिकित्कसहरूले अहिले काठमाडौको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन् ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाण्डुको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ ।