काठमाडौ, २१ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा हाजिर हुन पुगेका छन् ।
उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय प्रवेश गराएका छन् ।
उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
गत पुस ७ गतेदेखि गुरागाईँलाई बिदामा राखिएको थियो ।
त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।