


काठमाडाै, २२ चैत । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै रास्वपा सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन् ।
उनले शुक्रबार साँझ फेसबुकमा लेख्दै सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै नै गिरफ्तारी दिने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’