पोखरा, २४ चैत । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकीप्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तावर्गलाई लक्षित गरी एसएमइ एण्ड कन्जुमर बैकिङ हब गण्डकीको स्थापना गरेको छ।
यस केन्द्रको औपचारिक उद्घाटनप्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गरेका थिए। त्यसक्रममा उनले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षितग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।
एसएमई एण्ड कन्जुमर बैकिङ हब गण्डकी मार्फत् गण्डकीप्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारीबैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। यसले विशेष गरी लघु, साना तथामझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथासंचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ
उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजनाउपलब्ध हुनेछ।
कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेउल्लेख गरे।
यस मार्फत व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया सेवा प्रदान गरिनेछ ।