देवघाट मल्टिमिडिया प्रालिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट मल्टिमिडिया प्रालिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    दमाैली, ४ वैशाख । नयाँ वर्ष २०८२ को अवसरमा देवघाट अनलाईन तथा देवघाट सन्देश साप्ताहिकको प्रकाशक देवघाट मल्टिमीडिया प्रालिको आयोजनामा बिहीबार देवघाटमा शुभकामना आदान प्रदान एवं २०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रम देवघाट गाउँपालिका–५ मा सम्पन्न भएकाे छ ।

    उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटका सन्चार माध्यमले देवघाटको विकासमा सहयोग पु¥याएको बताए । सन्चार माध्यमले राम्रा कामको प्रचार प्रसार र नराम्रा कामको खबरदारी गर्नुपर्ने अध्यक्ष थापाले बताए । सन्चार माध्यममा प्रकाशित समाचारलाई जनताले विश्वास गर्ने हुँदा सन्चार माध्यमले सत्य र तथ्य समाचार मात्रै प्रकाशन गर्नुपर्ने अध्यक्ष थापाले बताए ।

    सञ्चारमाध्यमले विकासको कामका अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्तीलाई प्राथमिकताका साथ प्रकाशन गरेमा मात्र जनताले न्यायको अनुभुती गर्ने अध्यक्ष थापाले बताए । अहिले देवघाटमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा धेरै प्रशासनीक काममा अप्ठ्यारो भएको भन्दै उनले अझ कतिपय बन्नुपर्ने कानुन नबन्दा पनि सोचे अनुसार काम गर्न नसकिएको बताए । देवघाट गाउँपालिका स्थानीय तहको सरकार भएको हुँदा आफ्नो तर्फबाट स्थानीय सन्चार माध्यमलाई आवश्यक सहयोग उपलब्ध हुने अध्यक्ष थापाले बताए ।

    देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले सन्चार माध्यमले राज्यको चौंथो अंगको रुपमा खबरदारी गर्नुपर्ने बताए । राज्यका श्रोत, साधनहरु समुचित रुपमा वितरण भएको छ की छैन भन्ने बारेमा सन्चार माध्यमले निगरानी गर्नुपर्ने पौडेलले बताए । स्थानीय सरकारले स्थानीय सन्चार माध्यमलाई पनि सहयोग गर्नुपर्ने उनले बताए । सर्वाेच्च अदालतले कालीगन्डकी डाइभर्सन बनाउन रोक्न नहुने फैसलाको पुर्णपाठ सार्वजानिक गरिसकेको हुँदा अव यस क्षेत्रका सन्चारमाध्यमले कालीगन्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा जनमत सिर्जना गर्न तर्फ लाग्नुपर्ने पौडेलले सुझाव दिए ।

    वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफ्नो वडा निकै विकट भए पनि वडाका गतिविधि र समाचारलाई सन्चार माध्यमले जनताको विचमा ल्याईरहेको बताए । उनले जनप्रतिनिधिका कमिकमजोरीलाई पनि खबरदारी गर्नुपर्ने बताए ।

    नेकपा एमालेका गाउँ कमिटि सचिव शान श्रेष्ठले स्थानीय सरकारले सन्चार माध्यमलाई काखा र पाखाको रुपमा व्यवहार गर्न नहुने बताए । साथै सन्चार माध्यम स्थानीय सरकारको मुखपत्र भन्दा पनि सरकारलाई खबरदारी गर्न तर्फ लाग्नुपर्ने श्रेष्ठले बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बलबहादुर क्षेत्रीले पिछडिएको व्यक्तिको आवाजलाई सुन्नु र जनतालाई सुनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलका गतिविधिलाई पनि बराबर स्थान दिनुपर्ने बताए । वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगरले सन्चार माध्यमको विकासकोलागि वडाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

    सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले स्थानीय जनताको जिवनस्तर उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेको हुँदा त्यस्तो असल कार्यको बारेमा सन्चार माध्यमले प्रकाशन गर्नुपर्ने बताए । उनले सन्चार माध्यमको विकास र विस्तारकोलागि पनि सामुदायिक वन महासंघ र सामुदायिक वन समितिहरुले सहयोग गर्ने बताए ।

    महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले केही वर्ष अघिसम्म गुरुकुलहरुको गतिविधि सन्चार माध्यममा प्रकाशन गर्न निकै झन्झट हुने गरेकोमा अहिले स्थानीय सन्चार माध्यमको विकासले गुरुकुलहरुको गतिविधि मात्रै नभई धर्म र संस्कृतीको संरक्षणकोलागि पनि सहयोग पुगेको बताए ।

    कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले स्थानीय सन्चार माध्यमको सहयोगको कारणले नै देवघाटमा स्नातक तहको क्याम्पस सन्चालन गर्न सक्ने अवस्था आएको बताए । उनले स्थानीय सन्चार माध्यमको विकास र विस्तारकोलागि यहाँका शैक्षिक प्रतिष्ठान तथा संघ संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।

    देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालले सन्चार माध्यमकै कारण देवघाटका विभिन्न संघ संस्थाका गतिविधिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार भएको बताए ।
    देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङले स्थानीय सन्चार माध्यमको विकासको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

    देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालले महिला, बालबालिका र पिछडिएको समुदायको उत्थान र उनीहरुको विकासकोलागि स्थानीय सन्चार माध्यमले ठुलो सहयोग गरेको बताइन् ।
    क्षेत्री समाज देवघाटका अध्यक्ष गणेश थापाले सन्चार माध्यमले निर्भिक रुमपा जनताको कुराहरु प्रकाशन गर्नुपर्ने बताए ।

    सामुदायिक वन महासंघ जिल्ला महासंघका सदस्य भोजराज नैनाबस्ती र मधुवन सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डिल्लीराम गिरीले सामुदायिक वन महासंघको गतिविधि उपभोक्ता समक्ष लैजान सन्चार माध्यमले विशेष सहयोग गरेको बताए ।

    देवघाट मल्टिमीडिया प्रालिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकका बजार प्रबन्धक विष्णु मगरले र स्वागत मन्तव्य देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपानेले गरेकी थिइन् ।