काठमाडौं, २० वैशाख । आवासीय चिकित्सक र सरकारबीच तीनवटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आन्दोलनारत आवासीय चिकित्सकहरुबिच भएको छलफलपछि तीन बुँदे सहमति भएको हो ।
चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन, म्याचिङका चिकित्सकहरूको यथाशीघ्र व्यवस्थापन र बिदा सम्बन्धी मागहरूमा सरकारसँग सहमति भएपछि आवासीय चिकित्सकहरूले आफ्नो आन्दोलन स्थगित गरेका हुन् ।