डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८२, शनिबार

    काठमाडौ, २० वैशाख । अमेरिकी डिभी चिठ्ठाको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ । 

    विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् । 

    गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो । वेबसाइटमा गएर यसअघि फाराम भर्दा उपलब्ध कन्फर्मेशन नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।