उर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८२, आईतवार

    काठमाडौ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

    प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । 

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।