मनाङ, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ ङिस्याङ- ८ स्थित मिलारेपा स्मृती पार्कको आइतबार अवलोकन गरेका छन् ।
एउटै जीवनमा ‘वुद्धत्व प्राप्त गर्नु भएका बज्रयान बौद्ध धर्मका महान साधक योगिश्वर मिलारेपा गुरुले शिकारी गोन्पो दोर्जेलाई बिन्ती गरी मनोविका क्लेशबाट मुक्त गराउनुभएको स्थानको रुपमा पार्क परिचित छ। यो पार्क यहाँको ११ सय वर्ष पुरानो इतिहाससँग जोडिएको छ । मनाङ ङिस्याङ ५ स्थित मिलोरोपा गुफा र पार्कविच ऐतिहासिक संम्बन्ध छ ।
गुफासम्म जान नसक्नेहरुका लागि यो पार्क एउटा ध्यान, योग र अध्ययनको केन्द्रको रुपमा, यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र र पर्यटकीय गन्तब्यको रुपमा रहनेछ ।
मनाङमा पर्यटकहरुको चाप वर्षेनी बढ्दो छ । पर्यटनमा लगानी गर्नु यहाँको समुन्नतिमा लगानी गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मनाङको विकासमा प्रदेश सरकारले आफ्नो क्षमता र श्रोत साधन अनुसार प्राथमिकता दिने बताए ।