सनाखत नहुँदा चार दिनदेखि शव दमौली अस्पतालमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सनाखत नहुँदा चार दिनदेखि शव दमौली अस्पतालमा

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८२, मंगलवार

    दमौली, २३ वैशाख । तनहुँको व्यास नगरपालिका–४ जलदेवी टोल स्थित सडक छेउमा वैशाख १९ गते फेला परेका एक व्यक्तिको शव चार दिनदेखि प्रदेश अस्पताल दमौलीमा रहेको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अन्दाजी ४०÷४५ वर्षीय पुरुष व्यक्ति बिरामी भइ बेवारिसे अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी अस्पताल पठाइएकामा सोही दिनको साँझ ६ बजे मृत्यु भएको थियो । सो घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल दमौली, तनहुँको शव गृहमा राखिएको र हालसम्म पनि उक्त शवको सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए ।

    खैरो रङको ज्याकेट, निलो रङको पाईन्ट लगाएको, उचाई पाँच फिट छ इन्च भएको पुरुष व्यक्तिलाई कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।