दमौली, २५ वैशाख । ऑबुखैरेनी गाउँपालिकाले कृषकलाई बोका वितरण गरेको छ । स्वीकृत नीति तथा कार्यक्रम “उन्नत जातको व्याड बोका वितरण” अन्तर्गत कृषि फर्म/कृषक समूहको माग बमोजिम बिहीबार उच्च प्रजनन् क्षमता भएका आठ वटा जमुनापारी क्रस र १५ वटा बोयर क्रस जातको बोकाहरु प्रजननका लागि वितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिकाद्वारा कृषहकरुलाई वितरित बोकाहरुको निःशुल्क बीमा समेत गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाभित्र उत्पादित खसीबोकाहरुको सहज बजारीकरण र उत्पादनको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्षमा उत्पादनमा आधारित अनुदान कार्यक्रममा खसीबोकाको मासुलाई पनी समावेश गर्ने योजना रहेको चुमानले बताए ।