दुई खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दुई खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८२, शुक्रबार

    काठमाडौं, २ जेठ । बार्सिलोनाले दुई खेल अगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।इस्पानियोलको घरेलु मैदानमा २-० को जित निकाल्दै बार्सिलोनाले आफ्नो २८ औं ला लिगा उपाधि जितेको हो ।

    क्रसटाउन प्रतिद्वन्द्वी इस्पानियोलविरुद्धको खेलमा १७ वर्षीय ल्यामिन यामलले पहिलो गोल गरे भने घरेलु टोली १० जनामा सिमिति भएको फाइदा उठाउँदै फर्मिन लोपेजले अर्को गोल थपे । जुन गोलका लागि समेत असिस्ट यामलले नै गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा यामलले ५३ औं मिनेटमा व्यक्तिगत गोल गरे भने लोपेजले इन्जुरी टाइम अर्थात् ९५ औं मिनेटमा गोल गरेका हुन् । 

    १९९५-९६ को प्रिमियर लिग सिजनको सुरुवातमा लिभरपुलका पूर्व रक्षक एलन हानसेनले बच्चाहरुको साथले तपाईं केही पनि जित्न सक्नुुहन्न भनेका थिए । त्यो भनाईलाई बार्सिलोनाका युवा खेलाडीले गलत सावित गरिदिएका छन् । यसअघि युवा खेलाडीकै चमत्कारले कोपा डेल रे जितेको रकेर्ड छ । 

    बार्सामा १७ वर्षीय यामल, १८ वर्षीय पाउ क्यूबार्सी र २२ वर्षीय पेड्री संलग्न छन् । आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाका लागि चलेका तथा फर्ममा रहेका खेलाडी भित्र्यानु फलामको चिउरा चबाउनु जस्तै बनेका बेला युवा प्रतिभाको उपयोग गरेर सुखद् दिनहरुको पुनरागमन गरेको विश्लेषण हुन थालेको छ ।