ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई लगायो विदेशी विद्यार्थी भर्नामा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई लगायो विदेशी विद्यार्थी भर्नामा रोक

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८२, शुक्रबार

    एजेन्सी, ९ जेठ । अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोसेको छ।   

    बिहीबार ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    गृहमन्त्री नोयमले विश्वविद्यालयको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसइभिपी) प्रमाणीकरण शैक्षिक सत्र २०२५/०२५ देखि खारेज गर्न निर्देशन दिएकी हुन्।

    प्रशासनले हार्वर्डलाई अहिले पढिरहेको विदेशी विद्यार्थीहरूलाई पनि अरू विश्वविद्यालयमा सार्न पनि आदेश दिएको छ। अन्यथा त्यस्ता विद्यार्थीहरूले कानुनी हैसियत गुमाउनुपर्ने चेतावनी दिइएको छ।

    विश्वविद्यालयलाई अहिले पढिरहेका विदेशी विद्यार्थीहरुको विवरण पनि ७२ घन्टाभित्र उपलब्ध गराउन आदेश दिइएको रोयटर्सले जनाएको छ। त्यस्ता विद्यार्थीहरूको विगत पाँच वर्षको कृयाकलाप र गतिविधिको विवरण उपलब्ध गराउन भनिएको छ।

    हार्वर्डले प्रशासन र विद्यार्थी अनुशासन कायम गर्न सुधार नथालेको राष्ट्रपति ट्रम्पको आरोप छ।