काठमाडाै, १४ जेठ । बम विष्फोटका घाइतेलाई इँटाभट्टामा लगेर पोलेको अभियोग खेपेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालतबाट सफाइ पाएपछि रिहा भएका छन्।
ललितपुरको नख्खु कारागारबाट उनी केहीबेरअघि रिहा भएका हुन्।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा सफाइ दिएसँगै उनी कारागारमुक्त भएका हुन्।
उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।