बजेटमा समेटिए तनहुँका विभिन्न योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजेटमा समेटिए तनहुँका विभिन्न योजना

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणमा तनहुँका विभिन्न योजना समेटिएका छन् । सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेट भाषणमा तनहुँका सडक, जलविद्युत, साहित्यिक उद्यान लगायतका योजना समेटिएका हुन् ।

    तनहुँको चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउन यहाँ उद्यान निर्माण हुन लागेको हो ।

    अर्थमन्त्री पौडेलले डुम्रे वेसीशहर सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

    तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजना सरकारी लगानीमा निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले तल्लो सेती जलविद्युत आयोजनाको कामलाई अगाडी बढाएको छ ।

    आँबुखैरेनी पोखरा सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताउँदै अर्थमन्त्री पौडेलले त्यसका लागि रु आठ अर्ब बजेट विनियोजन गरिएको उल्लेख गरे । आँबुखैरेनी पोखरा सडक विस्तार अन्तर्गत दुई खण्डमा विभाजन भइ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्ड अन्तिम चरणमा पुगेको छ भने जामुनेदेखि पोखरासम्मको खण्डको काम आधा सकिएको छ ।