सरकारद्वारा १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सरकारद्वारा १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    काठमाडौं, १५ जेठ । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ ।

    बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०‍.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।