सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा अतिरिक्त महानिरिक्षक बढुवा गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा अतिरिक्त महानिरिक्षक बढुवा गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    काठमाडाै, १५ जेठ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

    जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    शाहलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।