दमौली, १५ जेठ । गैडाकोट नगर प्रज्ञाप्रतिष्ठानले बिहीबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिताको उपाधि तनहुँकी स्रष्टा नारायणी अधिकारीले जितेकी छन् ।
उत्कृष्ट १२ मा छनोट भएका स्रष्टाहरुका बीचमा भएको प्रतिस्पर्धामा तनहुँको व्यास नगरपालिका-४ निवासी अधिकारी प्रथम भएकी हुन् । प्रतियोगितामा अधिकारीले ‘के हेर्दछौ दुर्गति’ शीर्षकमा कविता वाचन गरेकी थिइन् ।
प्रतियोगितामा तनहुँकै रामलाल कुमाल द्वितीय, गोरखाका शून्य नयन तृतीय भएका छन् भने बागलुङका रामचन्द्र शर्माले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
उक्त कार्यक्रममा प्राडा नारायण प्रसाद खनाल, कवि लकास पौडेल,प्राडा मतिप्रसाद ढकाल, वरिष्ठ कलाकार भीम शर्मा,रामहरी शर्मा , साहित्यकार सरस्वती शर्मा रिजाल, महाकाव्यकार केशवराज आमोदी, सूर्य रेग्मी, जगन्नाथ पण्डित, प्रकाश चापाई लगायतको उपस्थिति थियो।
वरिष्ठ कवि गोविन्द विनोदीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि थिए।
कविता प्रतियोगितामा प्राप्त भएका ५२ कविता मध्ये वाचनका लागि १२ वटा कविता छनोटमा परेका थिए।