दमौली, १ असार । तनहुँको घिरिङ-३ निवासी रेविका मगर मिस ग्रान्ड नेपाल २०२५ को संस्करणमा छनोट भएकी छन् ।
आर.के. इन्टरटेन्मेन्ट ग्रुपले देशभरबाट चयन गरिएका २० जना प्रतिस्पर्धीमध्ये तनहुँकी रेविका पनि प्रतिस्पर्धा गर्दैछिन् । यो कार्यक्रम केवल ताज जित्ने होड मात्र नभएर, नेपाली युवतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अवसरको ढोका भएको बताइएको छ ।
मोडलिङमा रुची भएकी उनी विपन्नलाई सहयोग गर्न सक्रिय छिन् ।
मिस ग्रान्ड नेपालको साउन अन्त्यतिर आयोजना हुने ग्रान्ड फिनालेमा उनले उपाधि जितेमा उनले नगद, स्कूटर, ‘गुडविल एम्बासडर’को उपाधि, चलचित्र अभिनय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छिन्।