बढ्यो पेट्रोल र डिजेलको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्यो पेट्रोल र डिजेलको मूल्य

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    काठमाडौँ, १ असार । नेपाल आयल निगमले साेमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यसअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ । 

    इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।