काठमाडौं, ९ असार । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।
इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।
अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।