क्लब विश्वकप: मेसीको इन्टरमियामीले अन्तिम १६ मै पिएसजीसँग भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्लब विश्वकप: मेसीको इन्टरमियामीले अन्तिम १६ मै पिएसजीसँग भिड्ने

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८२, मंगलवार

    काठमाडौ, १० असार । क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ मा रहेको इन्टरमियामीले समूहचरणको अन्तिम खेलमा ब्राजिलियन क्लब पालमेराससँग २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ।

    मंगलबार विहान सम्पन्न खेलमा २-२ गोलको बराबरीसँगै इन्टर मियामी समूहको उपविजेता बन्दै प्रिक्वाटरफाइनल प्रवेश गर्यो। अब मेसीले क्वाटरफाइनल पुग्न आफ्नो पूर्व क्लब तथा युरोपियन च्याम्पियन्स लिग विजेता पिएसजीसँग अन्तिम १६ मै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। 

    पिएसजी समूह ‘बी’ को विजेताका रुपमा यसअघिनै प्रिक्वाटरफाइनल प्रवेश गरिसकेको छ। समूह विजेता बन्ने दौडमा रहेको लियोनेल मेसीको इन्टरमियामीले खेलमा २ गोलको अग्रता लिएपनि अन्तिम १० मिनेट समालिन नसक्दा लगातार २ गोल खान पुग्यो। 

    खेलमा अग्रता भने मियामीले १६ औं मिनेटमै टाडियो अलान्डको गोलमार्फत लिएको थियो। दोस्रो हाफमा लुइस सुआरेजले अग्रता दोब्बर बनाए। ६५ औं मिनेटमा सुआरेजको आकर्षक गोलसँगे मियामी जित तर्फ अग्रसर भएको थियो।

    तर खेलको ८० ‍औं मिन्टमा पाहुलिनोको गोलमार्फत पालमेरास खेलमा फर्कियो। उसका लागि बराबरी गोल ८७ औं मिनेटमा माउरिसियोले गरे। उनको गोलसँगै पालमेरास समूह विजेता बन्न सफल भयो। अब पालमेरासले बोटाफोगोसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छ। 

    त्यसअघि सोमबार राति भएको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो। पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो। 

    समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १-० ले पराजित गरेपछि पिएसजी समूह विजेता बनेको हो। जितका बाबजुत एट्लेटिको भने समूहचरणबाटै बाहिरियो।