एसइइमा सतिश आवासीय माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसइइमा सतिश आवासीय माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमाैली, १४ असार । व्यास नगरपालिका-१० डिहीगाउँस्थित सतिश आवासीय माध्यमिक विद्यालयबाट एसइइमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार विद्यालयका २१ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    विद्यालयका प्रिन्सिपल दीर्घबहादुर दरैका अनुसार विद्यालयका श्रीया राना मगर र शिव खड्गीले ३.८ जिपिए प्राप्त गरेका छन् । त्यस्तै दीपा परियारले ३.७९, सन्जाेक विकले ३.६४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ११ जनाले ३.२-३.६ र ६ जनाले २.८-३.२ जिपिए प्राप्त गरेका छन् ।