दमाैली, १४ असार । यस वर्षको एसइइ नतिजामा प्राविधिक धारतर्फ आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालय र व्यासस्थित सत्यवती माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार छात्रातर्फ रामशाह र छात्रतर्फ सत्यवती मावि उत्कृष्ट भएका हुन् ।
रामशाह माविकी छात्रा महिष्मा श्रेष्ठले ३.७८ जिपिए र सत्यवती माविका युनिक अधिकारीले ३.७४ जिपिए प्राप्त गरेका छन् ।
प्राविधिक धारतर्फ तनहुँमा एक सय ३३ परीक्षार्थी रहेकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । ग्रेडेडतर्फ एक सय छ र नन ग्रेडेडतर्फ २७ गरी एक सय ३३ परीक्षार्थी थिए ।