मध्यरातमा सर्वोच्चको संवैधानिक इजलास भरिभराउ, इजलासबाटै फैसला सुनाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मध्यरातमा सर्वोच्चको संवैधानिक इजलास भरिभराउ, इजलासबाटै फैसला सुनाउने तयारी

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८२, बुधबार

    काठमाडौ, १८ असार । मध्यरातमा सर्वोच्च अदालतको संवैधानिक इजलास भरिभराउ भएको छ । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला आउने भएपछि इजलास भरिभराउ भएको हो ।

    अदालत स्रोतका अनुसार बुधबार मध्यरातको १२ नबज्दै फैसला सुनाउने तयारीस्वरुप संवैधानिक इजलास बस्ने तयारी छ । 

    सरकारले अध्यादेशमार्फत् कानुनमा संशोधन गरी संवैधानिक परिषद्‌को अभ्यासविपरीत बहुमतले निर्णय गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्त गरेकी थिइन् । (इकान्तिपुर)