काठमाडौ, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।
बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।
भेटमा स्पेन र पोर्चुगलबाट आएका करिब ४० जना कार्यकर्ता सहभागी थिए।