सगरमाथा वृक्षारोपण महाअभियान : गौ संरक्षण केन्द्रमा बिरुवा राेपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सगरमाथा वृक्षारोपण महाअभियान : गौ संरक्षण केन्द्रमा बिरुवा राेपण

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    दमाैली, ४ साउन । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमामा बिरुवा राेपिएकाे छ ।

    नेपाल सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत आइतबार गौ संरक्षण केन्द्र परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

    उनका अनुसार चार सय राइखनियो, कोइरालो, टाँकी, निमारोकाे बिरुवा राेपिएकाे छ । यसअघि मादी नदी तटमा एक सय गोटा बाँस र तीन हजार अम्रिसोको बिरुवा रोपण गरिएको थियाे ।

    डिभिजन वन कार्यालय तनहुँ र गौ संरक्षण केन्द्रको आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा गौ संरक्षण केन्द्रमा बिरुवा रोपिएको छ ।

    बिरुवा रोपण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, डिभिजन वन अधिकृत शरद अधिकारी भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल लगायतको सहभागिता थियो ।

    गौ संरक्षण केन्द्र संरक्षण समितिका अध्यक्ष तुलसीराम सापकोटाले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।