तुइनखोलामा ट्रकमाथि ढुंगा खस्यो, नारायणगढ-मुग्लिङ सडक एकतर्फी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तुइनखोलामा ट्रकमाथि ढुंगा खस्यो, नारायणगढ-मुग्लिङ सडक एकतर्फी

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८२, बिहीबार

    चितवन, २९ साउन । नारायणगढ-मुग्लिङ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा एक मालवाहक ट्रक दुर्घटना भएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट केए-४३६८५६ नम्बरको ट्रकमा माथिबाट ढुंगा खसेको हो । उक्त दुर्घटनामा ट्रकका चालक घाइते भएका छन् ।

    हाल नाम ठेगाना नखुलेका उनलाई थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । बिहीबार दिउँसो करिब साढे १ बजेतिर भएको उक्त घटनापछि नारायणगढ-मुग्लिङ सडक एकतर्फी बन्द भएको छ ।