


दमाैली, २९ साउन । साउन २९ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने शुक्रबार गृहजिल्ला तनहुँ आउने भएकी छन्।
तनहुँको बन्दीपुर र भानु नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री न्यौपाने तनहुँ आउन लागेकी हुन् ।
मन्त्री न्यौपाने शुक्रबार बन्दीपुर गाउँपालिका कार्यालयमा कर्मचारीहरुलाई भेटघाट तथा निर्देशन दिने कार्यक्रम रहेको छ । त्यसपछि भानु नगरपालिकामा अखिल नेपाल महिला संघ भानु नगर कमिटीले आयोजना गर्ने तीज गीत प्रतियोगितामा प्रमुख अतिथीको रुपाम मन्त्री न्यौपानेको उपस्थिती रहनेछ ।
उक्त तीज गित प्रतियोगिता भानु नगरपालिका–१ ग्रिनपार्कमा हुने अनेमसंघ भानु नगर कमिटिकी अध्यक्ष खिममाया गुरुङले बताइन् ।