आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    काठमाडौँ, १३ भदौ । आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । 

    भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।

    आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतले जनाएको छ । 

    अदालतका अनुसार ८ हजार ३ सय रुपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहत कोषमा दुई-दुई सय बुझाउनुपर्ने बताइएको छ ।