


दमौली, ३१ भदौ । कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका कैदीबन्दीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
कास्की कारागारका चार कैदी र दुई थुनुवा, चितवन कारागारका एक कैदी र एक थुनुवा र नख्खु कारागारका एक कैदी र एक थुनुवा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
पक्राउ परिएका कैदीबन्दीलाई सम्बन्धित कारागारमा पठाइएको उनले बताए ।