काठमाडौं प्रहरी प्रमुख फेरिए, रमेश थापाले पाए कमान्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौं प्रहरी प्रमुख फेरिए, रमेश थापाले पाए कमान्ड

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८२, बिहीबार

    काठमाडाै, २ असाेज । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी रमेश थापालाई पठाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

    जेनजीको प्रदर्शनमा सुरक्षा चुक भएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले एसएसपी विश्व अधिकारीलाई हटाएर थापालाई जिम्मेवारी दिएको हो ।

    प्रहरीमा व्यावसायिक छवि बनाएका थापा अहिलेसम्म विवादमा आएका छैनन् । उनीसँग यसअघि जिल्ला प्रहरी कार्यालय कास्की र उदयपुरको नेतृत्व सम्हालेको अनुभव छ । काठमाडौं प्रहरी प्रमुखबाट हेडक्वार्टर तानिएका अधिकारीलाई भने हाल कुनै जिम्मेवारी दिइएको छैन ।