तनहुँका एसपी भन्छन् : तोडफोड र आगजनी गर्नेको पहिचान भएको छ, कारवाही गर्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका एसपी भन्छन् : तोडफोड र आगजनी गर्नेको पहिचान भएको छ, कारवाही गर्छौ

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८२, मंगलवार

    दमाैली, ७ असाेज । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले गत भदौ २४ गतेको आगजनी र तोडफोडमा संलग्न भएकाहरुलाई कानुन बमोजिम कारवाही गरिने भएका छन् । आगजनी र तोडफोडमा संलग्न भएकाहरुको पहिचान भईसकेको हुँदा उनीहरुलाई कारवाहीको प्रक्रियामा ल्याइने एसपी कार्कीले बताए ।

    ‘फोटो र भिडियो मार्फत आगजनी र तोडफोडमा संलग्न भएकाहरुको पहिचान भइसकेको छ’ एसपी कार्कीले भने ‘अव उनीहरु सबैलाई कारवाहीको प्रक्रियामा ल्याउँछौं । सरकारी, सार्वजानिक तथा राजनीतिक दलको कार्यालय तोडफोडमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिईने एसपी कार्कीले स्पष्ट पारेको आज प्रकाशित लोकवाणी दैनिकमा उल्लेख छ ।

    आगजनी र तोफोडमा संलग्नहरुलाई कारवाहीको लागि धेै तिरबाट उजुरी आएको र यस्तो घटनामा प्रहरी आफैले पनि प्रतिबेदन बनाएर मुद्धा चलाउन सक्ने एसपी कार्कीले बताए । जिल्ला अदालत नियमित रुपमा सन्चालन भएपछि मुद्धा दर्ताको प्रक्रिया सुरु हुने उनले बताए ।

    गत भदौ २४ गते जने जी पुस्ताको नाममा केही अराजक व्यक्ति र समूहले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी तथा मालपोत कार्यालय, खानेपानी, सिंचाई, आन्तरिक राजश्व, उद्योग तथा पर्यटन एवं डिभिजन वन कार्यालयमा तोडफोड तथा ति सरकारी कार्यालयको सवारी साधनमा आगजनी गरेका थिए ।
    यसैगरि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए । (आजको लोकवाणी दैनिकबाट)