


दमाैली, २९ असाेज । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी निरीक्षक आशिष विश्वकर्माको जिल्ला प्रहरी कार्यालय रुपन्देही मानवस्रोत व्यवस्थापन शाखामा सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ मानवस्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक विकास पासवानको इलाका प्रहरी कार्यालय मिर्चैा सिरहामा सरुवा भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो राजनीतिक अन्वेषण शाखामा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको जिल्ला प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण शाखामा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक दिपक कुंवरको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा भर्ना छनोट शाखामा सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्ययोजना नक्सालबाट प्रदीप थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको प्रमुखमा रुपमा आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा प्रहरी वृत्त लेनचौरबाट प्रदीप सुवेदी आउने भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट रजोश घिमिरे जिल्ला प्रहरी कार्यालय तनहुँ मानवस्रोत व्यवस्थापन शाखामा आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय भानुमा नेपाल प्रहरी शिक्षालय प्रशासन शाखा भरतपुरबाट गोपाल पौडेल आउने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दिपककुमार कार्की जिल्ला प्रहरी कार्यालय तनहुँ आउने भएका छन् ।