सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०८२, बुधबार

    काठमाडौं, १० मङ्सिर । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।  यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जनालाइ पक्राउ गरेकाे थियाे ।