


काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको हाे । चितवनको सुरुवात मध्यम रहे पनि मध्यक्रममा रवि बोपाराको शानदार प्रदर्शनले टोलीलाई उच्च स्कोरतर्फ डोर्यायो। बोपाराले मात्र ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ६५ रनको विष्फोटक अविजित इनिङ खेले।
साथै सैफ जैबले ३० बलमा ३२ रन जोड्दै बोपारालाई राम्रो साथ दिए। देव खनालले २२ बलमा २८ रनको योगदान दिए।
